बैशाख ३० रोल्पा – अहिलेसम्म राेल्पा ५० प्रतिशत मतदान भएको छ।

जिल्लामा ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा मतदान जारी छ। याे समाचार तयार पार्दासम्म समग्रमा ५० प्रतिशत मत खसिसकेकाे छ भने कतिपय मतदान केन्द्रमा ७०% सम्म पनि मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जनसहारा संग बताए।

गएराति सम्म जिल्लामा छिटपुट घटना भएपनि मतदान सुरु भए यता शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार