बैशाख २८ काठमाडौ – उम्मेदवारहरुकाे निधन पछि पुन: उम्मेदवारी चयन गर्दा उनिहरुकै पारिवारिक सदस्यलाई उम्मेदवार बनाउने विभिन्न दलहरुकाे परम्परा जस्तै बनेकाे छ।
एमाले तर्फबाट दाङको तुलसीपुर उपमहानगरपालिका-१७ को वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको गत आइतबार मृत्यु भएपछि उनकै कान्छा छोरा प्रदीप चौधरीलाई एमालेले उम्मेदवार बनाएको छ।
त्यसैगरी कपिलवस्तुकाे महराजगंज नगरपालिकाकी कांग्रेस तर्फबाट उपमेयर उम्मेदवार शोभावती कुर्मीको साेमबार मृत्यु भएपछि उनकै जेठी बुहरीलाई कांग्रेसले उममेयरको उम्मेदवार बनाइएको छ।
यी दुवै ठाउँमा बुधबार बिहान दस बजेदेखि दिउसो एक बजेसम्म मनोनयन दर्ता, बिहीबार बेलुका पाँच बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, शनिबार देखि मौन अवधि लागू हुने र जेठ ३ गते मतदान हुने निर्वाचन आयाेगकाे कार्यतालिका छ। यी दुवै स्थानीय तहकाे सबै मत गणना जेठ ३ पछि नै एकैपटक हुने छ।