बैशाख २७ राेल्पा – नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएकाे घटनाकाे अनुसन्धानकाे लागि सदरमुकाम लिबाङबाट प्रहरी टाेली राति नै घटनास्थलमा पुगेकाे छ।
साेमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका -५ बस्नेयौटामा माओवादी केन्द्र निकटकाे वाइसीएलका राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीकाे समूहले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षिय मनबहादुर बुढा र २० वर्षिय कमल बुढा घाइते भएका थिए।
घटनापछि तत्काल प्रहरी चौकि पाखापानी, ईलाका प्रहरी कार्यालय सुखाओेढार र निर्वाचनको लागि खटिएको सशस्त्र प्रहरी बलकाे टाेली घटनास्थलमा पुगेकाे थियाे। थप अनुसन्धानकाे लागि राति ११ बजे लिबाङबाट हिडेकाे प्रहरी टाेली बिहान साढे ३ बजे घटनास्थलमा पुगि अनुसन्धान सुरु गरेकाे प्रमुुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरे सहितकाे टाेलीले अहिले अनुसन्धान गरिरहेकाे र घटना रातिकाे समयमा भएकाले अझै अनुसन्धानकै क्रममा रहेकाे हुदा अहिलेसम्म कुनै एकिन नभएको जनसहारासंग बताए। प्रजिअ सापकोटा भन्छन्; `गंगादेवमै सुरक्षा निकाय हुदा हुँदै पनि थप निर्देश र अनुसन्धानकाे लागि जिल्लाबाट डिएसपी सहितकाे टाेलि पठाएको छु,सबैतिर खानतलासिको काम भैरहेको छ।´ खुकुरी प्रहार गर्नेकाे नाम पहिले नै खुलाइएको भए पनि प्रहरी अनुसन्धानकाे रुपमा घटनाबारे विशेष निगरानी बढाएर अनुसन्धान भइरहेको प्रजिअ सापकोटाले बताए।
उता जिल्ला प्रहरी कार्यालयले पनि अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बताएको छ। घाइतेहरुलाई उपचारको लागि दाङ लगिएकोमा अहिले थप उपचारको लागि काेहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए। अहिले घटनास्थलमा अन्य सुरक्षा अवस्था सामान्य रहेकाे पनि प्रहरी निरीक्षक जिसीले बताए।
पछिल्लो केही दिन यता निर्वाचन लक्षित कार्यक्रमकाे लागि पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती गंगादेव गाउँपालिकामा नै रहेको बेलामा आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहार नियाेजित रुपमा भएको कांग्रेसका स्थानीय नेताहरुले बताएका छन।
गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय गुण्डाको समुहले आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहरी गरेकाे नेपाली कांग्रेस गंगादेवले आराेप लगाएकाे छ।