बैशाख २६ सल्यान – सुनौलाे सपनाहरु संग रुमलिदै स्कुले जीवनबाट नै समय र परिस्थितिकाे परिवर्तन संगै राजनितीकाे एक अन्याेल यात्रा गरेका कृति बहादुर पुन बाट `प्रकाण्ड´ काे उपमा पाएका पुन राजनितीकाे करिब ३ दशक पछि जनताकाे सेवामा प्रत्यक्ष खटिन भन्दै जनप्रतिनिधिकाे माेह जुटेका छन।
स्थानीय तहको निर्वाचनमा सल्यानको बागचौर नगरपालिकाको प्रमुखका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार दिएपछि गठबन्धन बनेसंगै गठबन्धनका साझा उम्मेदवार समेत बनेका छन उनै पुन।
उनि सहिद परिवारकाे सदस्य समेत हुन।
जनयुद्धका क्रममा पार्टी कामको सिलसिलामा आफ्नो भाई मोहन पुन `मानब´ लाई सुर्खेतको मैनवडामा सरकार पक्षले हत्या गरेकाे पुन बताउँछन्।
वि.स २०४४ सालबाट विद्यार्थी राजनीतिबाट अन्याेलमै राजनितीमा प्रवेश गरेका पुनले वर्षौ पिच्छे पार्टीको सफल र सबल नेतृत्वकाे जिम्मेवारी सम्हाल्दै राजनिती यात्रामा चलिरहे। वि.स २०४८ सालबाट अनेरास्ववियुको जिल्ला कमिटी सल्यानकाे सदस्य हुदै २०५० सालमा अनेरास्ववियु (क्रान्तिकारी) सल्यानको अध्यक्षको जिम्मेवारी बहन गरेकाे पुन बताउँछन्।
२०५१ मा माओवादीको जिल्ला समिति सदस्य,२०५२ मा जिल्ला सचिवालय सदस्य हुँदै २०५८ मा माओवादी सल्यानको जिल्ला जनसरकार प्रमुख भएका पुन २०६१ मा सल्यानमा माओवादीको जिल्ला सेक्रेटरीकाे जिम्मेवारी पाएका थिए।
त्यसैगरि वि. स २०६२ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य हुँदै २०६२ देखि जनमुक्ति सेना नेपालको बटालियन कमिसार हुदै २०६६ सालमा जनमुक्ति सेना नेपालको ब्रेगेड कमान्डर समेत बने भने २०६९ सालमा एकीकृत नेकपा माओवादी रको केन्द्रीय सदस्य, २०७० सालमा पार्टीको सल्यान जिल्ला संयोजक,पोलिटब्युरो सदस्य हुदै हाल कर्णाली प्रदेश सदस्य तथा पार्टीको सल्यान जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी सम्हाली रहेका छन।
उनले आफू नगर प्रमुख भएपछि जनप्रतिनिधिले गर्ने नितान्त जनसेवा मुखि काम गर्ने र अघिल्लो स्थानीय सरकारले थालनी गरेका कामलाई पनि पुर्णता दिने प्रतिबद्धता गरेका छन।
नगर भित्र एक वडा एक नमुना विद्यालय, प्रत्येक वडामा माध्यमिक तह विद्यालय संचालन, आधुनिक शिक्षा प्रणाली संगै प्रविधि मैत्री, नगर भित्र सुविधा युक्त नगर अस्पताल, स्वास्थ्य चौकी भवनहरुकाे स्तराेन्नती तथा सर्वसुलभ सेवाकाे व्यवस्था गरिने घाेषणा पत्रमा उल्लेख गरेका छन।
त्यसैगरी विद्युत सेवालाई जनतासामु सहज तरिकाले परिपुर्ति गर्न नगरभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार गरि उज्यालो नगर सहित मुख्य मुख्य बजारमा इन्टरनेट सेवा, सबै किसिमका कर तिर्न, प्रमाणपत्र लिन अनलाइन प्रणाली, प्रत्येक वडाकाे डिजिटल प्राेफाइलकाे व्यवस्था गर्ने लगाएतका प्रतिबद्धता जनाएका छन।