बैशाख १८, सल्यान – नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै पार्टी भित्रका जिम्मेवार नेताहरुलाई एक विज्ञप्ति सहित कार्वाही गरेको छ ।
विज्ञप्ति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगरपालिका भित्र विभिन्न जिम्मेवारी रहि काम गर्दै आएका र हाल स्थानीय निर्वाचनमा पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै आजको मिति देखि पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।
कार्वाही पर्नेहरुमा चन्द्र प्रकाश वली नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं. ६ वडा कमिटी सचिव, सेर बहादुर वली नगर कमिटी सल्लाहकार सदस्य बागचौर नगरपालिका वडा नं. ९, टेक बहादुर वली टोल समिति सदस्य बागचौर नगरपालिका वडा नं. ९, चित्र बहादुर डाँगी क्षेत्री पार्टी सदस्य बागचौर नगरपालिका वडा नं. २, कृष्ण कुमार खड्का नगर कमिटी सदस्य बागचौर नगरपालिका वडा नं. १०, नेत्रलाल अधिकारी वडा समिति सदस्य बागचौर १० र बागचौर नगरपालिका वडा नं. १० कै पार्टी सदस्य रुपी कुमारी घर्ती रहेका छन ।