बैशाख १४ काठमाडौ – विप्लव नेतृत्वको नेकपाले पार्टीका दुई जना सचिवालय सदस्यहरुलाई पदमुक्त गरेकाे छ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला `कञ्चन´र हेमन्त प्रकाश वली `सुदर्शन`लाई पदमुक्त गरेकाे महासचिव विप्लवद्वारा हस्ताक्षर विज्ञप्ति मार्फत जनाइएको छ। नेकपाकाे पाँच सदस्यीय सचिवालय मध्ये  दुइ जना सदस्य हटाइएका हुन।

पछिल्लो समय स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले ठाेस निर्णय लिन भन्दै बसेकाे बैठकका निर्णय र नेतृत्वका विरूद्ध पार्टी बाहिरका सञ्चार माध्यमहरूमा पार्टीको मर्म र नीति विपरीत अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्ता बिचमा नै नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेकाले पदमुक्त गरेकाे विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार