बैशाख १२ राेल्पा – स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार मनाेनयनकाे साेमबार अन्तिम दिन राेल्पाकाे गंगादेव गाउँपालिकाबाट विप्लव निकट नेकपाले गाउँपालिका देखि वडा सम्म स्वतन्त्र उम्मेदवार दर्ता गरेकाे छ।
यसअघि नै विप्लव निकट नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली `आदर्श´ ले गाउँपालिका अध्यक्षमा उम्मेदवारी घाेषणा गरि उनले चुनाव लक्षित कार्यक्रम गाउँपालिका भरि नै गरिरहेका छन।
साेमबार गाउँपालिका अध्यक्षमा आदर्श सहित उपाध्यक्ष र गाउँपालिका अन्तर्गतका ५ वटा वडामा पनि प्यानल नै बनेर उम्मेदवारी दर्ता गरेकाे हाे। उक्त गाउँमापालिकामा जम्मा ७ वटा वडा छन।
जसअनुसार गाउँपालिका उपाध्यक्षमा सुशीला वलीलाई उम्मेदवार बनाएकाे छ। वडा नं -२ काे वडा अध्यक्षमा टिकाराम नेपाली छन भने सदस्यहरुमा भरत बहादुर पुन र हरि बहादुर घर्ती, खुला महिला सदस्यमा बिमला भण्डारी र दलित महिला सदस्यमा प्रेम कुमारी विक छन।
त्यस्तै वडा नं. -३ काे वडा अध्यक्षमा लालबहादुर वली छन भने वडा सदस्यहरुमा सालिकराम पुन र रामबहादुर वली छन भने खुला महिला सदस्यमा बमकुमारी खत्री र दलित महिला सदस्यमा तुलसी कामी छन।
वडा नं. -४ काे अध्यक्षमा नरेन्द्र वली छन भने सदस्यहरुमा मन बहादुर डाँगी र चन्द्र प्रकाश वली, खुला महिला सदस्यमा लक्ष्मी थापा छन।
वडा नं. -५ मा भने वडा अध्यक्षमा मात्रै उम्मेदवारी दिइएको छ। वडा अध्यक्ष उम्मेदवारमा यमन मल्ल छन।
वडा नं. -६ काे वडा अध्यक्षमा दिपेन्द्र खत्री छन भने सदस्यहरुमा नन्दलाल वली र शेरबहादुर वली, खुला महिला सदस्यमा झुमा वलीलाई उम्मेदवारी बनाइएको छ।