बैशाख ११ राेल्पा – नेकपा एमालेले राेल्पाका दश वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।
स्थानीय तहबाट सिफारिसमा परेका नामहरुकाे आधारमा आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले अन्तिम नामावली पठाएको हाे। उक्त नामावली अनुसार २०७४ काे स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका पराजित भएका प्रमुख र उपप्रमुखलाई पनि याे निर्वाचनमा पुनः उम्मेदवार बनाएकाे छ। छ भने विजयी मध्येका उम्मेदवारलाई दाेहाेर्याएकाे पनि छ।
जसमध्ये गंगादेव गाउँपालिकाको अध्यक्षमा रोशन कुमार वली र उपाध्यक्षमा निर्मला कुमारी वली डाँगी यी दुवै उम्मेदवार २०७४ काे स्थानीय तहमा पनि साेहि उम्मेदवार थिए भने दुवै पराजित भएका थिए।
रून्टीगढी गाउँपालिकाको अध्यक्षमा बालाराम बुढा र उपाध्यक्षमा हस्तमाली बाँठामगर छन। अध्यक्षका उम्मेदवार अहिलेका बहालवाला अध्यक्ष हुन। त्यसैगरी जिल्लाकाे एक मात्र नगरपालिका राेल्पा नगरपालिकामा प्रमुख घनश्याम आचार्य र उपप्रमुखमा कृष्णीकुमारी गौतमलाई उम्मेदवारी बनाएकाे छ।
त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर बाँठामगर र उपाध्यक्षमा जानकी बुढा, माडी गाउँपालिकाको अध्यक्षमा विजय कुमार घर्तीमगर र उपाध्यक्षमा अमृता कुमारी घर्तीमगर, परिवर्तन गाउँपालिकाको अध्यक्षमा गंगाराम बुढा र उपाध्यक्षमा सपना रोका, थवाङ गाउँपालिकाको अध्यक्षमा रवीन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति रोकामगर, सुनछहारी गाउँपालिकाको अध्यक्षमा जयप्रकाश बुढामगर र उपाध्यक्षमा पूर्मला खत्री, लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा जुकमती बस्नेत, सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेन रहेका छन।