बैशाख ९ हुम्ला – नेकपा माओवादी केन्द्रले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि उम्मेदवार छनाेटमा विवाद चुलिएको छ।

पटकपटक लामाे छलफल पछि सहमति हुन नसक्दा गोलाप्रथाबाट उम्मेदवार छनोट प्रक्रियालाई विकल्प अपनाए पछि सहजकर्ताकाे रुपमा रहेका  माओवादी केन्द कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी माथि हातपात भएको छ।

गोलाप्रथाबाट गोविन्द बहादुर शाही `प्रज्वलन´ उम्मेदवारमा छनोट भएपछि अध्यक्षका अर्का आकांक्षी रहेका ध्रुबबहादुर शाहीले सहसचिव जैसी माथि हातपात गरेका हुन।

अध्यक्षका आकाङ्क्षीमा गाेविन्द शाही, धुर्वबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाईं, अजविर बुढा, बर्षबहादुर शाही, शेरबहादुर पाल र सुरवीर ऐडी छन।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार