बैशाख ९ सल्यान – राप्रपाले बागचौर नगरपालिकामा आगामी बैशाष ३० मा हुने स्थानीयतह निर्वाचनको लागि सर्वसम्मत उम्मेदवारी छनोट गरेको छ ।
नगर प्रमुख देखि नगरपालिकाका भित्रका ९ वटा वडा अध्यक्षहरुकाे उम्मेदवार टुंगो लगाएको छ। र बाँकि ३ वटाकाे लागि पनि छलफल भइरहेको राप्रपा सल्यानले जनाएको छ।
प्रमुखमा अम्बर बहादुर गिरी र उपप्रमुखमा निर्मला योगीलाई सिफारिस गरिएको छ। त्यसैगरि वडा तर्फ निम्ननुसार सिफारिस गरिएकाे छ।
वडा न. १ अध्यक्ष : ससे सुनार
वडा न. २ अध्यक्ष : जनक बहादुर वली
वडा न. ३ अध्यक्ष : लाले कामी
वडा न. ४ अध्यक्ष : पुस्कर वली
वडा न .५ अध्यक्ष : हरिकृष्ण चन्द
वडा न .७ अध्यक्ष : पुर्ण बहादुर वली
वडा न .८ अध्यक्ष : रेशम बहादुर बिएम
वडा न .९ अध्यक्ष : टेक बहादुर वली
वडा न. १० अध्यक्ष: दाेर्ण बहादुर खत्री