बैशाख ९ सल्यान – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले शारदा नगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारकाे सर्वसम्मतमै टुंगो लगाएकाे छ।

यसअघि उपप्रमुखमा सदीक्षा घर्ती र हिरा विक रसाइलीको नाम सिफारिस गरिएकाेमा बिहीबार रसाइलीले घर्तीलाई नै समर्थन गर्दै सहमति दिएपछि घर्ती स्वत उपप्रमुखकाे उम्मेदवार बनेकि हुन। घर्ती पार्टीको  विशेष प्रदेश समिति अन्तर्गत कर्णाली प्रदेश सम्पर्क समन्वय समिति सदस्य हुन।

प्रमुखमा भने माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका प्रमाेद कुमार श्रेष्ठलाई प्रमुख पहिला नै सर्वसम्मत मै सिफारिस गरिएको थियाे।

प्रमुखकाे उम्मेदवार रहेका श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुखमै लडेका थिए। उक्त निर्वाचनमा ६ जना प्रतिस्पर्धा रहेकाेमा श्रेष्ठ कुल २५७० मत प्राप्त गरि तेस्रो स्थानमा रहेका थिए।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार