बैशाख ९, सल्यान – नेपाली कांग्रेस सल्यानले नगरपालिकाको उम्मेद्बार सिफारिस गरेको छ ।
कांग्रेस सल्यानको संसदिय बोर्डले पार्टिको प्रदेश कार्यालयमा ३ नगरपालिकाको प्रमुख र उपप्रमुख नाम सिफारिस गरेको हो ।
शारदा नगरपालिकाको लागि मेयरमा प्रकाश भन्डारी, साबित्रा बस्नेत र सचेत शाह, उपप्रमुखमा ज्ञानु अधिकारी, सुस्मिता सापकोटा र चन्द्रीका हमालको नाम सिफारिस भएको नेपाली कांग्रेस सल्यानका सचीव एकराज बुढाथोकीले बताए ।
यस्तै बागचौर नगरपालिका जनकराज गौतम, प्रमिला चन्द र डिलबहादुर ओलिको नाम प्रमुखमा सिफारिस भएको छ । उपप्रमुखमा भौम गौतम न्यौपाने, दिपा बस्नेत र शुसिला केसिको नाम सिफारिस भएको हो ।
यता बनगाड कुपिन्डे नगरपालिकाको प्रमुखमा दिपेन्द्र बिष्ट र सुन्दरा शाहीको नाम शिफारिस भएको छ । उपप्रमुखमा पुरुशोत्तम आचार्य, उषा राणा र रिता ओलिको नाम शिफारिस भएको नेपाली कांग्रेस सल्यानका सभापती केशबहादुर बिष्टले बताए ।
शारदा नगरपालिकाका बहालवाला प्रमुख तथा प्रदेश सभा निर्वाचन (ख) का सभापती सुरेश अधिकारीको नाम भने सिफारिस नभएको कांग्रेस सल्यानले जनाएको छ ।
पठाइएका नाम हरुमध्यबाट प्रदेश समितिले उम्मेद्बार टुंगाउने उपसभापति चक्र देबकोटाले बताए ।