बैशाख ८, सल्यान – नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा बागचौर नगरपालिकाको प्रमुखमा तिलक मल्ल (क्षितिज) र उपप्रमुखमा भक्ती कुमारी बिएम के.सी.लाई सर्वसम्मत नाम टुङ्गो लगाएको छ । नगर पार्टीको बैठकले मल्ल र बीएमको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिए ।
नगर प्रमुखको सिफारिसमा परेका मल्ल २०४७ साल देखि अनेरास्ववियुमा संगठित हुदै तत्कालीन माओवादी जनयुद्धको मोर्चाहरु प्युठान पाल्पा भक्तपुरको सेक्रेटरी हुदै नेकपा एमाले र माओवादी एकतामा कर्णाली प्रदेश कमिटी सदस्य थिए भने हाल एमालेको कर्णाली प्रदेश सदस्य हुन ।

यस्तै नगर उप-प्रमुखको सिफारिसमा परेकी भक्त कुमारी बिएम के.सी. अनेमा संघ बागचौर नगर कमिटी सचिव एवं नेकपा एमाले बागचौर नगरकमिटी सदस्यसँगै नेकपा एमाले सल्यानका संस्थापक सदस्य स्व.खकेन्द्र बिएमकी छोरी पनि पनि हुन ।
जनसहारा अनलाइनसँगको कुराकानीमा आगामी बैशाख ३० गते हुने चुनावमा नाम सिफारिस मात्रै नभई फिक्स भएको बताउँदै मल्लले उच्च मनोबल र दृढ आत्मविश्वासका साथ बागचौर नगरपालिकामा आफुले चुनाव जित्ने पुर्ण विश्वास रहेको बताए । उनले यदि जनताले मत दिएर बिजिय बनाएमा बागचौर नगरपालिकालाई नमुना नगरपालिका बनाउने कुरामा पनि प्रतिबद्ध भएको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार