बैशाख ७ काठमाडौ – सत्तारूढ गठबन्धनदलहरुले महानगर र उपमहानरपालिकामा भागबन्डाको टुंगो लगाएका छन।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाउदै सहमति पत्रमा हस्ताक्षर गरेका छन। यद्यपि याे भागबन्डामा सहमति नहुने स्थानीय तहमा गठबन्धन भित्र नै मित्रवत रुपमा प्रतिस्पर्धा गर्न सकिने बाटाे पनि खुला राखेकाे छ।

जसअनुसार नेपाली कांग्रेसले ३ वटा महानगरहरु काठमाडौ, ललितपुर र विराटनगरमा सहित ७ वटा उपमहानगरहरु धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगंज र धनगढीमा नगर प्रमुख पदमा उम्मेदवार पाएकाे छ। उपप्रमुखमा  जितपुर सिमरा, घोराही र हेटौडा उपमहानगरमा मात्रै उम्मेदवारी पाएकाे छ।

नेकपा माओवादी केन्द्रले महानगर भरतपुर सहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकामा नगर प्रमुख पदमा उम्मेदवारी पाएकाे छ। घाेराहीमा गठबन्धनका साझा उम्मेदवारकाे रुपमा बुधबार नै नेकपा माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मा `डायमण्ड´ लाई सिफारिस समेत गरिसकेको छ। उपप्रमुखकाे लागि ललितपुर महानगरपालिका सहित धरान र धनगढी उपमहानगरपालिकामा पनि उपप्रमुख पदमा उम्मेदवार पाएकाे छ।

नेकपा एकिकृत समाजवादीले प्रमुखका लागि पोखरा महानगरपालिका सहित उपमहानगरपालिमा हेटौडा, इटहरी, बुटवल र तुल्सीपुर पाएकाे ध भने  उपप्रमुखका लागि काठमाडौ महानगरपालिका पाएकाे छ।

जसपा नेपालले विरगंज महानगरपालिका सहित जनकपुर उपमहानगरपालिमा प्रमुख पाएकाे छ भने उपप्रमुखका लागि विराटनगर महानगरपालिका सहित उपप्रमुखमा कलैया र नेपालगंज उपमहानगरपालिका पाएकाे छ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार