बैशाख ६ सल्यान – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले शारदा नगरपालिका प्रमुखमा उम्मेदवारकाे सर्वसम्मतमा टुंगो लगाएकाे छ।
माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका प्रमाेद कुमार श्रेष्ठलाई प्रमुख र उपप्रमुखमा दुईजना महिलाको नाम सिफारिस गरिएको माओवादी केन्द्र सल्यानले जनाएको छ।
उपप्रमुखमा सदीक्षा घर्ती र हिरा विक रसाइलीको नाम सिफारिस गरिएकाे छ। प्रमुखकाे उम्मेदवारी रहेकाे श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुखमै लडेका थिए। उक्त निर्वाचनमा ६ जना प्रतिस्पर्धा रहेकाेमा श्रेष्ठले कुल २५७० मत प्राप्त गरि तेस्रो स्थानमा रहेका थिए।