वैशाख ५ सल्यान – नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा शारदा नगरपालिकाको प्रमखमा मनोजकुमार प्रधान र उपप्रमुखमा तीन जनाकाे नाम सिफारिस गरेकाे छ।
उपप्रमुखमा जालना भण्डारी, केशरी बस्नेत र सरिता हमालको नाम सिफारिस गरिएको नेकपा एमाले सल्यानले जनाएको छ।
नगर प्रमुखको सिफारिसमा परेका प्रधान पुर्व जिल्ला विकास समिति सल्यानका सभापति समेत हुन। तत्कालीन राप्रपाकाे सहमहामन्त्री समेत रहेका प्रधान २०७४ को स्थानीय निर्वाचन पछि एमालेमा प्रवेश गरेका हुन।