चैत २९ काठमाडौ – नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लाका कम्तीमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई अनिवार्य बनाउन निर्देशन दिएको छ।

माओवादी केन्द्रको विधानमा स्थानीय पालिका समितिमा ३५ प्रतिशत बराबरको महिला सहभागिता उल्लेख गरे अनुसार नै अब जनप्रतिनिधिकाे लागि पनि महिलाको उल्लेख्य सहभागीताकाे लागि केन्द्रबाटै परिपत्र नै गरेकाे छ।

त्यसैगरि बैशाख ५ गतेसम्म सबै उम्मेदवारीको सिफारिस गरिसक्न पनि निर्देशन दिइएको छ।

परिपत्र

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार