चैत २८, सल्यान – नेकपा (माओवादी केन्द्र) सम्वद्व जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग (YCL) नेपाल बागचौर नगरपालिका वडा नं. १ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।

प्रथम वडा सम्मेलनबाट १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको अध्यक्ष टेक ब.विक, उपाध्यक्ष सन्तोष बस्नेत, सचिव सुमन बस्नेत, सहसचिव जय ब. सुनार र कोषाध्यक्ष दिपा सुनार रहेका छन ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वली, वाईसीएल क्षेत्र नं. १ ईन्चार्ज निराजन के.सी. YCL जिल्ला कमिटी सदस्य शालिकराम बस्नेत, बागचौर अध्यक्ष मदन बस्नेत लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार