चैत २४ बुटवल – लुम्बिनी प्रदेशमा पनि सत्तारुढ दलहरूबीच स्थानीय तहको चुनावमा गठबन्धनकाे बारेमा निर्णय लिन बसेकाे बैठक सम्पन्न भएको छ।
बुधबार बसेकाे चार दलिय संयुक्त बैठकले लगभग केन्द्रीय गठबन्धनको निर्णय अनुसार नै लुम्बिनीमा पनि सत्तारुढ दलबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने भएको छ। चार दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाज पार्टी र राष्ट्रिय जनमाेर्चा सम्मेलित भएकाे बैठकपछि सार्वजनिक संयुक्त विज्ञप्तिमा सार्वजनिक छ। केन्द्रीय गठबन्धन अनुसार नेकपा एकीकृत समाजवादी पनि सहभागी भए पनि लुम्बिनीमा भने उक्त दलकाे कुनै विवरण विज्ञप्ति उल्लेख छैन।
उक्त बैठकबाट विभिन्न ६ वटा निर्णय गरिएको छ। गठबन्धन दलहरु बिचमै कतिपय स्थानिय तहमा विवाद हुँदै आएकाे अवस्थामा त्यसलाई मध्यनजर गरि स्थानीय तह र जिल्लाले गरेका सहमतिलाई स्विकार गर्ने निर्णय गरिएको छ।
बैठकमा नेपाली कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुन, माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाज पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमाेर्चाका लुम्बिनी प्रदेश उपाध्यक्ष बद्र आलम उपस्थित थिए।
विज्ञप्ति