चैत २३ काठमाडौं – आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत नेकपा एमालेले टिकटक प्रतियोगिता गर्न लागेकाे छ।
उक्त टिकटक प्रतियोगिता दुई विधा गरि कुुल ३ लाख ५० हजार पुरस्कार राशिको रहने छ। प्रतियोगितामा दुई चरणहरु क्रियटिभ र पपुलर गरि दुई विधामा पुरस्कार दिइने तयारी गरिएको छ।
एमालेको कार्य तथा विचार झल्किने टिकटक बनाउने मध्ये सबभन्दा उत्कृष्टलाई प्रथम पुरस्कार बापत १ लाख, द्धितिय पुरस्कार ५० हजार र तृतिय पुरस्कार २५ हजार रुपैयाँ पुरस्कार दिने आयाेजक एमाले निकट युवा संघ नेपाल र साइबर सर्कलले बताएको छ। दुवै विधामा पुरस्कार राशि समान राखिएको छ।
भिडियोहरु चैत्र २१ गते देखि २०७९ बैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने लगाएत ६ वटा सर्त समेत ताेकिएकाे छ।