चैत २१ रोल्पा – जिल्लामा क्रियाशिल सत्तारुढ दलहरूबीच स्थानीय तहको चुनावमा गठबन्धनकाे बारेमा निर्णय लिन बसेकाे बैठक सम्पन्न भएको छ।
केन्द्रीय गठबन्धनको सहमति अनुसार नै रोल्पामा पनि सत्तारुढ दलबीच स्थानीय तहको चुनावमा गठबन्धन गर्न तीन दल गठबन्धनकै र सरकारबाट समर्थन फिर्ता लिएकाे राष्ट्रिय जनमाेर्चाले पनि राेल्पामा गठबन्धन संगै अघि बढने भएपछि जिल्लामा चार दलिय गठबन्धन हुने भएको छ।
आइतबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति राेल्पाकाे कार्यालयमा बसेकाे संयुक्त बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती थापाकाे अध्यक्षतामा बसेकाे बैठकले केन्द्रीय गठबन्धनले निर्णय गरे अनुसार नै पालिकाकाहरुले पनि गर्न निर्देशन दिने र गर्ने निर्णय गरेकाे हाे।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ; “केन्द्रीय संयन्त्रको निर्णयलाई स्वागत गर्दै पालिका स्तरमा पनि सोही बमोजिम संयन्त्र बनाई तोकिए बमोजिम कार्य गर्न निर्देशन गरीएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गर्दछौँ ।”
बैठकमा नेपाली कांग्रेस जिल्ला सभापति किशाेर कुमार आचार्य, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती र राष्ट्रिय जनमोर्चाका मेघनाथ बिष्टकाे हस्ताक्षरित संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको छ।
गठबन्धन भित्र नै विवाद
यसअघि केन्द्रीय गठबन्धनमा निर्णय भएपनि राेल्पामा भने गठबन्धन बारे त्यति चासाे नलिएको पाइएकाे थियोे। यद्यपि जिल्लामा गठबन्धन बारे विवाद हुने जानकार रहेका जिल्ला नेतृत्वले पनि विकल्प नदेखिए पछि नै केन्द्र कै निर्णय पालिकासम्म सर्कुलर गर्ने निर्णयमा पुगेका छन।
अहिले विज्ञप्ति मार्फत जिल्ला स्तरबाट नै पालिकाहरुलाई निर्देशन भएपछि गठबन्धन बारे सामाजिक संजालमा गठबन्धन भित्रका दलका कतिपय प्रतिनिधिले समेत राेल्पामा गठबन्धन सम्भावना नरहेकाे गठबन्धन गर्न पनि नहुने बताएका छन।
राेल्पाका कतिपय स्थानीय तहमा गठबन्धन भित्रकै प्रमुख दलहरु माओवादी केन्द्र र कांग्रेस बिच पछिल्लो समय यता विभिन्न विषयमा आराेप्रत्याराेप समेत तिव्र रुपमा चलिरहेका बेला गठबन्धनको सम्भावना कम भएकाे र गठबन्धन भइहाले जनमत अनपेक्षित आउन सक्ने बताएका छन।
राेल्पाबाटै प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि स्थानीय तहमा गठबन्धन नगर्ने पक्षमा यसअघि देखि नै केन्द्रमा दबाब सहित विभिन्न प्रतिक्रिया दिदै आएका छन। सभापति पुनले गठबन्धनको केन्द्रीय निर्णय स्थानीय तहमा लादन खाेजे परिणाम स्वत अनपेक्षित आउने बताएका छन। कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने र लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ७५ स्थानीय तहमा कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने दावी समेत गरेका छन ।