चैत १८ काठमाडौं – आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनकाे लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरुकाे सिफारिस मापदण्ड निर्धारण गरेको छ।
६ वटा बुदामा निर्धारण गरिएकाे मापदण्डमा पहिलाे नम्बरमै विगतका प्रतिनिधिलाई नदोहोर्याउने उल्लेख गरेकाे छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै स्थानीय तहका कमिटी सम्म जानकारी हुनेगरि सर्कुलर नै जारी गरेकाे माओवादी केन्द्रले जनाएको छ।
के के छन मापदण्ड ?
१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने
२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने
३. स्वच्छ छवि भएको हुनुपर्ने
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने