चैत १६, सल्यान – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौरले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै बागचौर नगरपालिकामा निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।
बुधबार थारमारेस्थित पार्टीले दोस्रो विस्तारित बैठक गर्दै नगरपालिकाभरि ३ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो ।
नेकपा माओवादी केन्द्र बागचौरले “समाजवाद उन्मुख आर्थिक समृद्धि र नमुना नगर निर्माणका लागि माओवादी सरकार” भन्ने मुल नाराका साथ आगामी चुनाव जित्ने अभियानमा लाग्ने तयारी गरेको छ । यो सँगै अभियानले बागचौर नगरपालिका माओवादी केन्द्रको पुर्ण सरकार स्थापना गर्ने उद्देशका साथ अगाडि बढ्ने निर्णय समेत गरेको छ ।
कमिटीले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीलाई अब्बल र बहुमतले जिताउन नगर स्तरिय मुल परिचालन समिति गठन, विभिन्न विभाग तथा उपसमितिहरु गठन, घोषणा पत्र निर्माण समिति, प्रचारप्रसार तथा सुचना संचार समिति, आर्थिक परिचालन, सुरक्षा तथा युवा परिचालन, समन्वय तथा सम्पर्क समिति, वार्ता संवाद गठन गरेको छ ।

कमिटीले ५ अभियान कमानमा विभाजन गरि अभियान चलाउने निर्णय गरेको छ । जसमा कमान नं. १ मा टिकाराम वलीको नेतृत्व, कमान नं. २ मा कल्पना पुन, कमान नं. ३ मा सुम्निमा डि.सी., कमान नं. ४ मा लोकमान बुढाथोकी, कमान नं. ५ मा कमला वलीको नेतृत्व सहित जिल्ला समन्वयका सम्पुर्ण सदस्यहरुको समन्वयमा अभियान संचालन गर्ने भएको छ ।

यस्तै प्रत्येक टोलमा टोल कमिटीको आयोजनामा टोल सभा गरी हरेक टोलमा जन अन्तक्रिर्या सँगै गुनासो एवम् सुझाव संकलन गर्ने भएको छ र उक्त सभालाई प्रदेश तथा जिल्लास्तरका नेताले सम्बोधन गर्ने निर्णय गरेको छ ।
त्यस्तै कमिटीले संगठनात्मक गतिविधिहरु सबै वडामा निर्वाचन परिचालन समिति, टोल र सेल बैठक बसी हरेक दिन गर्ने कामको सुचि, जनवग्रिय संगठनहरुको बैठक बसी पार्टीको नेतृत्वमा टिमवद्व घरदैलो अभियान चलाउने अभियानलाई तिव्रता दिने भएको छ ।

बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षतामा सुरु भएको बैठकमा केन्द्रीय सदस्य टेक ब. बस्नेत, टीका बुढाथोकी, केन्द्रीय सल्लाहकार समिति सदस्य, प्रदेश कमिटी सदस्यहरु, जिल्ला समन्यय संयोजक, सदस्यहरु, नगर कमिटी सदस्य र वडा कमिटी अध्यक्षहरुको उपस्थिति रहेको थियो भने संचालन सचिव दिपक वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार