चैत १५, सल्यान – बागचौर नगरपालिका वडा नं. ८ नेकपा माओवादी केन्द्र सम्बद्व वाईसीएलको वडा कमिटी गठन भएको छ ।
बागचौर नगरपालिका वडा नं. ८ मा परिवर्तन बस्नेतको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा समीर के.सी., एकराज विक, सचिवमा खिमलाल विक, सह-सचिवमा संगिता विक र कोषाध्यक्षमा दिवान चन्द सर्वसम्मत चयन भएका छन ।
कार्यक्रममा YCL कर्णाली परिषद् सदस्य एवम् क्षेत्र नं. १ ईन्चार्ज निराजन के.सी., नेकपा माओवादी केन्द्र नगर कमिटी सदस्य एवम् दलित मुक्तिमोर्चा बागचौर अध्यक्ष तारादेव नेपाली, YCL जिल्ला समन्वय सदस्य शालिकराम बस्नेत लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।