चैत १४, सल्यान – सल्यानको बागचौरमा नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल दलित मुक्तिमोर्चा बागचौरको प्रथम सम्मलेन सम्पन्न भएको छ
सम्मेलनबाट तारादेव नेपालीको अध्यक्षतामा ६१ सदस्यीय समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा ज्ञान बहादुर विक, कर्ण बहादुर रसाइली र कृष्ण सुनार, सचिवमा धन बहादुर परियार, सह-सचिवमा भोला विक र कोषाध्यक्षमा डिला विक रहेका छन ।
कार्यक्रममा नव निर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्र नगर कमिटी सचिव एवम् १२ नं. वडाध्यक्ष दिपक वली, प्रदेश कमिटी सदस्य एवम् बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी, जिल्ला समन्वय समिति सदस्य हरिलाल डि.सी. लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै कार्यक्रम नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकारा वली, जिल्ला समन्वय समिति सदस्य कविराम बस्नेत, बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारी लगायत नगर कमिटी सदस्य, वडा कमिटी अध्यक्षहरुको उपस्थिति रहेको थियो ।