चैत १२, सल्यान – सल्यानमा माओवादी केन्द्रले निर्वाचन लक्षित कार्यक्रम  तिव्ररुपमा चलाएको छ । शुक्रबार कालिमाटीमा गाउँपालिका ४ खैरेनीमा गाउँ कमिटीले चुनाव लक्षित बैठक सम्पन्न गरेको हो ।
गाउँ कमिटीको विस्तारित बैठकको प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य एवम् सल्यान जिल्ला संयोजक कृति बहादुर पुन रहेका थिए ।
त्यस्तै प्रदेश कमिटी सदस्य तथा कालिमाटी गाउँ कमिटी र त्रिवेणी गाउँ कमिटी इन्चार्ज भिम प्रकाश शर्मा, सल्यान प्रदेश निर्वाचन क्षेत्र (ख) इन्चार्ज रत्न बहादुर वली, चित्र बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै बैठकले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीलाई पहिलो पार्टी बनाउने गरी रणनैतिक योजना तय गर्दै कार्य विभाजन समेत गरेको माओवादी  स्थानीय नेता टेकराज पुलामीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार