चैत ९ काठमाडौ – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमाेद शर्माले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन्।

मंगलबार सामाजिक संजाल फेसबुक मार्फत आजैकाे मिति देखि पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी छाेडेकाे घाेषणा गरेका छन।

शर्मा लेख्छन; “आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु।’ अबदेखि आगामी दिनमा एक स्वतन्त्र रुपमा देश र जनताको लागि सामाजिक भुमिका निर्वाह गर्नेगरी अगाडि बढने छु। जनताको निरन्तर सेवामा निस्वार्थ सके जति भुमिकामा आफुलाई उभ्याउने छु।” शर्मा माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्ष समेत हुन।

शर्माले सम्पत्ति गुमाएको छु तर स्वाभिमान गुमाउदै भन्दै त्यसकाे केही समयपछि अर्को स्टाटसमा “आउनुस नयाँ ढंगले साेचौ, हामी कसैकाे डास हैन” भन्ने अभिव्यक्ति दिएकाे केही समयपछि शर्माले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन।

तर अहिले उनकाे फेसबुक वालमा यी तीन वटै स्टाटस उपलब्ध छैनन।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार