चैत ७, सल्यान – नेकपा (माओवादी केन्द्र) शारदानगर कमिटीको बिस्तारित बैठक श्रीनगरमा सम्पन्न भएको छ ।

वैठक नेकपा (माओवादी केन्द्र) शारदा नगर कमिटी अध्यक्ष नबिन सिङ भडेलको अध्यक्षता र जिल्ला समन्वय समिति संयोजक कृति बहादुर पुनको प्रमुख आतिथ्यतामा संचालन भएको हो ।
वैठकका प्रमुख अतिथि पुनले पार्टीको विचार र आगामी चुनावको तयारीका बारेमा बोल्दै अब सबैतिर माओवादीलाई जिताउन तिव्र तयारीका साथ लाग्नु पर्ने बताएका छन । उनले एमसीसीको बारेमा बोल्दै जनताहरुलाई नआतिन्न अनुरोध गरेका छन । एमसीसी जनताको लागि घातक भएपनि यसको लागि व्याख्यात्मक टिप्पणी सहित आफ्नो पार्टीले पास गरेको र जस्ताको त्यस्तै पारित नभए पास नगर्ने समेत बताएका छन ।

बैठकले १४ जना नगर कमिटी सदस्य मनोनित गर्नुका साथै ३३ जनाको सल्लाहकार समिती र ३३ जनाको जेष्ठ कम्युनिष्ट मंच समेत गठन गरेको छ ।
बैठकले आगामी बैशाख ३० गते हुने निर्वाचनलाई मध्यनजर गर्दै नगरका १५ वटै वडामा राजनैतिक प्रसिक्षण संचालन गर्ने निर्णय गरेको छ ।

वैठकमा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज प्रमोद श्रेष्ठ, प्रदेश कमिटी सदस्य मान बहादुर मल्ल, तिलक कुमार विक, पवित्र शर्माले मन्तव्य राखेका थिए ।
कार्यक्रममा YCL का केन्द्रीय सदस्य सुरेन्द्र कंवर, जिल्ला समन्वय समिति सदस्य अमदिनमिया हुसेन, दिपक सोनि, प्रदेश सल्लाहकार बेलधर खड्का, नगर सल्लाहकार संयोजक टोपेन्द्र प्रसाद गौतम लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार