चैत ७ सल्यान – नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा.प्रकाश शरण महतले अहिले सम्मकाे ईतिहास हेर्दा देशलाई अप्ठ्यारो परेकाे बेला कांग्रेसलाई देशले आफै जिम्मेवारी दिएकाे इतिहास  बनिसकेको बताएका छन।

आइतबार छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित नेपालको सबैभन्दा ठुलो शंखपार्ककाे उदघाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बाेधन गर्न सल्यान पुगेका डा. महतले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न हाेस वा देशमा आइपर्ने अन्य जुनसुकै विपत्तिसंगकाे सामना गर्ने जिम्मेवारी देशले सधैजसाे नेपाली कांग्रेसलाई नै खाेज्ने गरेकाे बताएका हुन।

अघिल्लो सरकार प्रति कटाक्ष गर्दै डा. महतले भने “देशमा समृद्धिकाे नारा दिएपछि कम्युनिस्टलाई जनताले दुई तिहाइ मतका साथ सरकारमा पुर्याए तर दुई तिहाइकाे सरकार भने विभिन्न हासाे, ठट्टा मै समय वेथित गरेपछि परिणाम देखाउन नसक्दा प्रतिनिधि सभा विघटन सम्म पुग्याे त्यतिबेला नै अचानक देशले कांग्रेसकाे आवश्यक महशुस गर्याे र दुर्घटनाबाट देश बाच्याे।”

हामीलाई ५ वर्षकाे लागि चुप लागेर बस्नकाे लागि जनमतले आदेश दियाे तर दुई तिहाई सरकारकाे गतिविधि देख्दा देशले आफै कांग्रेसलाई जिम्मेवारी सुम्पियाे, हाे, त्यसैले गर्दा देश अप्ठ्यारोमा पर्दा सधै कांग्रेसलाई जिम्मेवारी आउने यस्ता उदाहरणकाे ईतिहास बनिसकेको डा. महतले दाबी गरे।

एमसीसीकाे विषयमा धारणा राख्दै डा. महतले याे परियाेजना नितान्त अनुदान भएकाले दातृ निकायले दिएकाे सहयाेग नेपालले स्विकार गरेकाे बताएका छन। उनले भने ” यसमा कुनै ऋण तिर्नुपर्ने हाेइन ब्याज पनि तिर्नुपर्ने हाेइन हाम्रो हितकाे लागि नै सहयाेग हाे, अहिले माओवादी केन्द्र र एमालेका साथिहरु विराेध जनाउने मध्येकाहरु नै उक्त परियोजना सम्झौता हुदाकाे सरकारमा म संग सरकारमा मन्त्री देखि उपप्रधानमन्त्री सम्म रहेकाले अहिले आएर केही नबुझे झै गर्नु लज्जास्पद लाग्छ।”

त्यहि परियाेजनालाई राष्ट्र घाती भनेर राष्ट्रवादका भाषण ठाेक्दै साेझा जनतातिर फर्केर भ्रम फैलाउदै सडकमा ल्याएर लडाउनु भन्दा कुटनितिक निकाय तिर फर्केर छलफल गरि स्पष्ट हुन समेत चुनौती दिएका छन।

डा. महत भन्छन “जिब्रो एउटा हुन्छ त्यहि जिब्रोले एउटा कुरा सधै गरिरहदा हैन त्याे मैले भनेकाे हैन कि भन्ने जस्तो स्वत लाग्छ, हाे उहाँहरुलाई पनि त्यहि भएको हाे नत्र आफै सरकारमा हुदा सम्झौता भएको बारे बेखबर हुने भन्नू गाउँघरमा अनपढ आमाबुवाले मलाई के थाहा यहाँ ल्याप्चे लगाउ भने मलाई के थाहा लगाई दिए भन्ने जस्तो देश चलाउने जिम्मेवार बनेर चुनिएको मान्छे अलि जिम्मेवार बन्नुस।” उनले भनेका छन।

छत्रेश्वरी गाउँपालिका -६ स्थित शंखमूलमा निर्माण गरिएको शखपार्क नेपालीको सबैभन्दा ठुलाे शंखकाे प्रतीक भएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। १ करोड ६० लाख रुपैयाको लागतमा बनेको बताइएको छ। उक्त स्थान यसअघि पनि धार्मिक रुपले परिचित भएपनि अहिले निर्माण गरिएको शंखपार्कले देशभरिकै एउटा प्रतिककाे रुपमा रहेका पर्यटककाे आकर्षक गन्तव्य हुन पुगेकाे समेत अध्यक्ष केसीले बताए।

शंखपार्क निर्माण सुरु भए देखि नै यस क्षेत्रमा पहिले भन्दा चहलपहल बढेकाे पाइन्छ। उद्घाटन हुनु अगावै यहाँ शिवरात्रीकाे अवसरमा भव्य मेला समेत लागेकाे थियाे।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार