चैत ५ राेल्पा – अखिल क्रान्तिकारीको नाम लिँदै आफुलाई टाेले गुण्डाकाे संज्ञा दिदै स्थानीय युवाहरुले बिहिबार रोल्पाकाे माडिचौर स्थित प्राकृतिक तथा स्राेत व्यवस्थापन कलेजमा बाहिरी जिल्लाबाट पढन आएका विद्यार्थीलाई निर्घात रुपमा कुटपिट गरेकाे विषयलाई जिल्ला प्रशासन कार्यालय राेल्पाले छलफल मार्फत सहमति जुटाई टुंगो लगाएकाे छ।
शनिबार प्रमुख जिल्ला अधिकारी नवराज सापकाेटाले दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बाेलाएर छलफल गरेका हुन । पढन आएका अन्य जिल्लाका विद्यार्थीलाई राजनीतिक प्रतिसाेध लिएर कुटपिट हुनु गम्भीर विषय भएको भन्दै शनिबार नै भएपनि दुवै पक्षलाई आफ्नाे कार्यकक्षमै बाेलाएर छलफल गरि विभिन्न निर्णय गर्दै दुवै पक्षलाई सहमत गराएकाे प्रजिअ सापकाेटाले जनसहारासंग बताए
बैठकबाट विद्यार्थीले कलेज र कलेज भएको सामुदायकाे सामाजिक परिवेशलाई मनन गरि सामाजिक सदभावलाई कायम राख्ने गतिविधिलाई प्रश्रय दिने, कलेज र समुदाय बिच असमझदारी बाट हुन सक्ने शान्ति सुरक्षाकाे विषयमा स्थानीय सुरक्षा निकाय चनाखो रहि शान्ति सुरक्षा कायम राख्ने र स्थानीय चुनाव आएकाे सन्दर्भमा अहिले विभिन्न विद्यालयमा भइरहेका राजनितीक कुनैपनि गतिविधि प्राकृतिक स्राेत व्यवस्थापन कलेज माडिचाैरममा नगर्ने निर्णय गरिएको छ।
त्यसैगरि कुटपिटबाट घाइते भएकाहरुकाे उपचार खर्च पनि कुटपिट गरेकाे पक्षले नै तिर्ने सहमति गरि कुटपिटबाट घाइते भएका सामु माफि समेत मागेका थिए। बैठकपछि सहमत भएपछि कुटपिटमा संलग्न रहेकाे आराेपमा परेका दुईजना नै तारिखमा छाेडिएकाे छ।
बैठकमा प्रजिअ सापकोटा, स.प्र.जि.अ श्रीनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्र.ना.उ विनाेद घिमिरे, सशस्त्र प्रहरी बल आश्रित गुल्म हे.क्या राेल्पाका स.प्र.ना.उ हाेमनाथ भट्टराई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय राेल्पाका प्र.अ.अ चिरञ्जीवी बुढामगरकाे उपस्थिति रहेको थियाे।
त्यसैगरी राजनितीक दलहरुबाट नेपाली कांग्रेस राेल्पाका सभापति किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्र जिल्ला कमिटी राेल्पाका इन्चार्ज सुरेन्द्र थापा घर्ती, नेकपा एमाले जिल्ला कमिटी राेल्पाका अध्यक्ष बालाराम बुढाकाे उपस्थिति रहेकाे थियो।
त्यस्तै विद्यार्थीकाे तर्फबाट प्राकृतिक तथा स्राेत व्यवस्थापन कलेज माडिचौरका विद्यार्थी तथा कुटपिटबाट घाइते भएका द्वय खेमराज शर्मा र लेकि शेर्पा त्यसैगरी सौरभ पन्थी, सन्देश गिरी, मनिका मान्धर, निरुता कार्की र मातृका उपाध्यायकाे उपस्थिति थियाे।
साथै विद्यार्थी राजनितीक प्रतिसाेधका कारण प्राकृतिक तथा स्राेत व्यवस्थापन कलेजमा भएकाे घटनाले थप ध्यानाकर्षण गराएकाे र पछिल्लो समय विभिन्न राजनितीक दलहरु विद्यालयमा संगठन विस्तारकाे नाममा राजनिती नबुझने विद्यार्थीलाई समेत समावेश गरि संगठित बनाउन थालेकाे गुनासाहरु आइरहेकाले त्यस्ता राजनितीक गतिविधि विद्यालयमा नगर्न र नगराउन जिल्ला स्थितका राजनितक दलहरुलाई निर्देशन दिने समेत प्रजिअ सापकोटाले जनसहारालाई बताए।
घटनाकाे पूरा विवरणका लागि याे पढनुस ; राेल्पामा अखिल क्रान्तिकारी निकट टाेले गुण्डाकाे संज्ञा दिदै विद्यार्थीमाथि कुटपिट