चैत ५ काठमाडौ – आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयाेगले कार्यतालिका सार्वजनिक गरेकाे छ।

उक्त निर्वाचनकाे लागि आयाेगले कार्यक्रम स्वीकृत भइसकेको भन्दै स्विकृत ११ गतेबाट सुरु गरि १७ गते सम्पन्न हुने गरि कार्यतालिका सार्वजनिक गरेकाे छ।

जस अनुसार बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता र १२ गते नै मनोनयन पत्रको सुची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र जाँच तथा निर्णय गर्ने र १५ गते नै उम्मेदवारको नामावली प्रकाशन, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयाेगले जनाएको छ।

यी सबै काम सम्बन्धि निर्वाचन अधिकृतकाे कार्यालयमा हुने र बैशाख ३० मा मतदान गर्ने गरि कार्यतालिका स्वीकृत भएको आयाेगले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार