चैत १, सल्यान – नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले सबै वडामा प्रशिक्षण कार्यक्रम गर्ने निर्णयअनुसार १२ वटै वडामा वडा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

१२ वटै वडाको प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य, संघिय संसद पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रीय सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, सल्यान जिल्ला समन्वय समिति संयोजक कृति बहादुर पुन, प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वली लगायत प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र नगर कमिटी सदस्यहरुले प्रशिक्षण दिएका छन ।
विभिन्न वडाको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बस्नेतले अब स्थानीय चुनाव रप्तारले अघि बढिरहेकोले सबै वडामामा नेकपा माओवादी केन्द्र अब्बल तरिकाले अगाडि बढ्न आग्रह गरेका छन । उनले एमसिसीको विषयमा अघिल्लो दिनसम्म एमसीसीको विरोध गरेको र एक्कासि पास गर्ने कुरामा सहमत भएको भन्ने विषयमा प्रष्ट पार्दै सैद्धान्तिक र नितिगत हिसाबले वेठिक भएता पनि यसले देशलाई अप्ठ्यारो नहुने गरि सम्झौता गरिएको बताए ।

उनले भने एमसीसीको पास सम्बन्धि कुरा राख्दा हामीले क्षेती नहुने बाटो खोजेको भन्दा पनि कम भन्दा कम क्षेती हुने बाटो रोजेको हो । हामीले व्याख्यात्मक टिप्पणी गरेअनुसार जस्ताको त्यस्तै सम्बोधन भएन भने यसलाई खारेज गरिनेछ ।
उनले एमसीसी देशको लागि अनुदान नै भएको तर नेपाललाई हित हुने गरि अनुदान चाहिँ नभएको बताउँदै अहिले नै जनता अलमल हुनुपर्ने केही नभएको र एमसीसी छलफलमै रहेको बताएका छन ।

नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले १२ वटै वडाका प्रशिक्षण कार्यक्रममा बोल्दै बागचौरमा नेकपा माओवादी केन्द्र सुदृढ बन्दै गएको महसुस गरेको बताएका छन । पार्टी अब वैचारिक हिसाबले अगाडि बढिरहेको बताउँदै अबको स्थानीय चुनावमा नेकपा माओवादी केन्द्र बागचौरले बहुमतका साथ जित्ने निश्चित भएको विश्वास भएको बताए ।
फागुन २९ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम चैत १ गते सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार