चैत १, सल्यान – नेकपा माओवादी केन्द्र बागचौर न कमिटीको १२ वटै वडामा प्रशिक्षण कार्यक्रम गर्ने अन्तर्गत बागचौर नगरपालिकाको वडा नं. ९ मा पनि वडा प्रशिक्षणको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य, सल्यान जिल्ला संघिय संसद तथा पुर्व सामान्य प्रशासन मन्त्री टेक ब.बस्नेत, विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वली र बागचौर नगर अध्यक्ष शोभाराम भण्डारीले प्रशिक्षण दिएका थिए ।
वडा प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने नवप्रवेशीहरु राप्रपा वडा नं.९ का संयोजक बेलाराम गिरी, नेकपा एमाले वडा कमिटी सदस्य प्रेम ब.डाँगी, लोक ब. कवर, भागिराम गिरी, नेकपा एमाले समर्थ डम्बर ब.डाँगी, नेपाली काङ्ग्रेस समर्थकहरु डम्बर वली, तेज ब.डाँगी, इमानसिं डाँगी र भद्र ब.डाँगीलाई स्वागत गरिएको थियो ।
यस्तै बागचौर नगरपालिका वडा नं. ९ मा वाईसीएल जिल्ला कमिटी सदस्य सर्गम वलीको सहयोगमा वाईसीएल सम्मेलन आयोजक समिति गठन गरिएको छ । जसमा पवन डाँगीको संयोजक र भरत बुढाथोकीको सह-संयोजकमा १९ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।
साथै नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं. ९ को वडा कार्यालयको प्रदेश कमिटी सदस्य एवम् नगर ईन्चार्ज टिकाराम वली, नगर अध्यक्ष शोभाराम भण्डारी लगायतका अतिथिहरुले उद्घाटन समेत गरेका छन ।
प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटी सदस्य, नगर कमिटी सदस्य, वडा कमिटी सम्पुर्ण सदस्य र पार्टीका थुप्रै कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेम प्रकाश शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देव ब.डाँगीले राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव प्रकाश डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार