फागुन ३० जाजरकोट – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख माथि कालाे माेसाे र जुत्ताको माला लगाइ दिएका छन।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका टीकाराम जैसीलाई कार्यकक्षमै पुगेर भ्रष्टाचार गरेको आरोपमा जैसीलाई सोमबार बिहान ११ बजे कार्यकक्षमा पुगेका युवा संगठन नेपालको समुहले कालो मोसो दल्दै जुत्ताको माला लगाइ दिएको हाे।

काेराेना महामारीको समयमा सबभन्दा बढी रकम भ्रष्टाचार गरेकाे उक्त संगठनले जनाएको छ। त्याे बाहेक कार्यालय प्रयाेजन, भौतिक संरचना निर्माण र मर्मत लगाए विरामीलाई दिनुपर्ने खाजा रकम समेत गरि ५० लाख बढी रकम हिनामिना गरेकाे प्रमुख जैसी माथि आराेप लगाउदै जन कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि पनि जाजरकोटकै छेडागाड नगरपालिका-६ का वडा अध्यक्ष रामबहादुर केसीलाई अखिल( क्रान्तिकारी ) जाजरकोटले लाखौ भ्रष्टाचार गरेको भन्दै कालामोसो दलेर जुत्ताको माला लगाइ दिएको थियाे।

विज्ञप्ति

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार