फागुन २९ काठमाडौ – पछिल्लो समय सार्वजनिक हुन बितिकै विवादमा परेकाे गायक प्रकाश सपुतकाे `पिर´ गीत युटुवबाट हटाउन माग गरिएको छ।

आइतबार नेकपा माओवादी केन्द्र निकट विभिन्न चार संगठनहरु जनक्रान्तिकारी घाइते तथा अपांग याेद्वा संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी ), जन साँस्कृतिक महासंघ नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त गीतमा जनमुक्ति सेना र घाइते याेद्वाहरुलाई अहिले जीवन धान्न देहव्यापार र परस्त्रीगमन लागेकाे भ्रमपुर्ण दृश्य देखाई शुन्यताकाे प्रतिबिम्ब देखाई अन्तमा देश छाेडन बाध्य भएकाे जस्ताे निकृष्ट, कपाेकल्पित र झुट राजनैतिक पुर्वाग्रह साधिएकाे र महिलाहरुकाे चरित्र हत्या गरि घाेर र अपमानजनक रुपमा प्रस्तुत गरि सामाजिक संवेदनशीलतालाई दुरुपयोग गरि अप्रासंगिक दृश्य र संवाद राखेर आफू चर्चामा आउने बदनियत राखेकाे विज्ञप्तिमा उल्लेख छ।

उक्त गीत गायक सपुतकाे मात्रै नभएर यस गीतकाे पृष्ठभूमिमा प्रतिगामी तत्वहरुले वैचारिक र राजनितीक रुपमा परिचालन र संरक्षण गर्न खाेजेकाे कुरा स्पष्ट भएको भन्दै जनयुद्धमा हुमिएका महिलालाई देहव्यापार र पुरुषलाई परस्त्रीगमन जस्तो अनैतिक कार्य संग तुलना गर्नु दु:खद र आपत्तिजनक भएकाेले कारबाहीको माग सहित उक्त गीत युटुवबाट हटाउन विज्ञप्ति मार्फत माग गरिएको छ।

विज्ञप्तिकाे पुर्णपाठ

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार