फागुन २८ सल्यान – नेकपा माओवादी केन्द्रको सहायक भातृ संगठन वाइसिएल शारदा नगरपालिकाकाे प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।
शनिबार जिल्ला समन्वय समितिकाे सभाहलमा भएको सम्मेलनबाट टोपेन्द्र बुढाको अध्यक्षमा ७५ सदस्यीय नगर कमिटी चयन गरिएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय सचिव निम बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेताहरु चित्र बहादुर केसी `भास्कर´, प्रमोद श्रेष्ठ, मान बहादुर मल्ल, नविनसिंह भडेल, सुरेन्द्र कवर, तिलक विक, प्रतिक इच्छुक शर्मा, शोभाराम भण्डारी, प्रतिभा वली, राजेन्द्र थापा, धन बहादुर परियार लगायतकाे उपस्थितमा अधिवेशन सम्पन्न भएको हाे।