फागुन २७ सुर्खेत – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो बैठकले प्रदेश समिति चयन गरेकाे छ।

सिटी हल बिरेन्द्रनगरमा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम पछिकाे बैठकबाट विमला केसीकाे अध्यक्षतामा २११ सदस्यीय प्रदेश समिति चयन गरिएको छ। जसकाे उपाध्यक्षमा तीन जना कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट) र कृष्ण जिसी (सुर्खेत)लाई चयन गरिएको छ।

त्यसैगरी सचिव धनजित शाही (कालिकोट),
सहसचिव तिनजना बीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला) र विर्खबहादुर थापा (मुगु),
कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) सर्वसम्मतमा चयन भएका छन।

शुक्रबार प्रदेश राजधानी सुर्खेतमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम संगै प्रदेश समितिले पनि पुर्णता पाएकाे माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ।

उक्त कार्यक्रम नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद शर्मा सहित काँग्रेसका दर्जन बढी नेता कार्यकर्ता र जनता समाजवादी पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष पवित्र शर्मा सहित जसपाका दर्जनौं कार्यकर्ता नेकपा(माओवादी केन्द्र) प्रवेश गरेका छन।

उक्त कार्यक्रममा केन्द्रीय नेताहरु शक्ति बस्नेत, कालिबहादुर मल्ल, रामदिप आचार्य लगाएतले सम्बाेधन गरेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार