फागुन २६, सल्यान – अनेरास्ववियु (क्रान्तिकारी) सल्यानले जिल्लामा संगठन विस्तारको अभियान तिव्र रुपमा चलाएको छ ।

गत ११ गते बसेको जिल्ला समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्दै विभिन्न पालिकाका अन्तर्गतका विद्यालयमा आफ्नो संगठन विस्तार गर्ने क्रममा आज अनेरास्ववियु (क्रान्तिकारि) जिल्ला समिति सल्यानले शारदा नगरपालिकाको शिवजन माध्यामिक बिध्यालय शितलपाटी सल्यानमा प्रबिन बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय मा.वि. मुल इकाई कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा गणेश वली र हिरा के.सी., सचिवमा युबक बुढाथोकी, सह-सचिवमा जुनु घर्ती र निशा रेउले र कोषाध्यक्षमा पहल मान बस्नेत रहेका छन ।
त्यस्तै गरि त्रिभुबन जन माध्यामिक बिद्यालय लुहापिङको कक्षा ११/१२ को गणेश दर्लामीको अध्यक्षतामा ४२ सदस्यीय इकाई कमिटि गठन भएको छ ।
जसको उपाध्यक्षमा शुजाता बुढाथोकी र पार्वता बुढाथोकी, सचसवमा खुस्बु के.सी., सह-सचिवमा प्रज्वल सिं र कोषाध्यक्षमा कमला भण्डारी चयन भएका छन ।
यस्तै त्रिभुबन जन माध्यामिक बिद्यालय खलंगामा नै कक्षा ९/१० को लागि मित्रमणी दहालको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटि गठन भएको छ ।
जसको उपाअध्यक्ष सुयोग के.सी. र अनिष खरेल, सचिव शुसान्त उपाध्याय, सह-सचिव नबिन कुमार चलाउने र कोषाध्यक्ष हसिना के.सी. निर्वाचित भएका छन ।
आज भएका कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला अध्यक्ष मोहन खड्का, कर्णाली प्रदेश कमिटी सदस्य रमेश बि.सी. र गणेश मान बि.क, जिल्ला सदस्य रन्जित भडेल र गणेश दर्लामिले संगठनको मार्ग निर्देशन को बिषयमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार