फागुन २५, सल्यान – योङ कम्युनिष्ट लिग (YCL) नेपाल बागचौर नगरपालिका दोस्रो पुर्ण वैठक बागचौरमा सम्पन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि YCL नेपालका केन्द्रीय सदस्य, कर्णाली प्रदेश सह-ईन्चार्ज एवम् नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले अब बागचौरमा YCL लाई मजबुत बनाएर अगाडि लैजाने र प्रतिक्रियावादीहरुलाई तह लगाएर बागचौरका सबै वडामा माओवादीको लालझण्डा गाड्नु पर्ने बताएका छन । उनले अब हुने स्थानीय चुनावलाई मध्यनजर गरी वाईसिल बागचौरूलाई अब दृढ तरिकाले लाग्न अनुरोध गर्दै बागचौरका १२ वटै वडामा जित्ने ध्येयका साथ लागि बागचौरलाई माओवादीमय बनाउन लागि पर्नु पर्ने बताएका छन ।
वैठकमा नेकपा माओवादी केन्द्र बागचौर नगर उपाध्यक्ष कमल डाँगी, मगर मुक्ति मोर्चा केन्द्रीय सदस्य एवम् नेकपा माओवादी केन्द्र बागचौर नगर सदस्य तुल्सीराम घर्ती, YCL केन्द्रीय परिषद् सदस्य एवम् क्षेत्र नं. १ ईन्चार्ज निराजन के.सी., प्रदेश कमिटी सदस्य एवम् बागचौर ईन्चार्ज तुफान वली, नेपाल राष्टि्य कर्मचारी संगठन बागचौर अध्यक्ष हेमन्त बस्नेत लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
आजको वैठकबाट वाईसीएल बागचौरले वडा तथा टोलहरुमा पहिलो प्राथमिकता दिएर सम्मेलको लागि तयारी गर्ने निर्णय गरेको छ । त्यस्तै वाईसीएल बागचौरको रिक्त रहेको सह-सचिव पदमा जय प्रकाश वली र अनुशासन आयोगमा भिम प्रकाश वलीलाई निर्वाचित गरेको छ ।
वाईसीएल बागचौर नगर कमिटी अध्यक्ष मदन बस्नेतको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजीकरण सचिव धन बहादुर खड्काले गरेका थिए ।