फागुन २५, सल्यान – नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा सल्यान बागचौर नगरपालिकामा जन्म भएका मोहन डाँगी निर्वाचित भएका छन । नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनबाट कर्णाली प्रदेश (भूगोल तर्फ) को केन्द्रीय सदस्य पदमा अत्यधिक बहुमतका साथ डाँगी निर्वाचित भएका हुन ।

 

डाँगीले विगत देखि नै नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिमा सल्यानको  प्रतिनिधित्व गर्दै आएका थिए । उनीले २०५३ सालमा जनकल्याण मा.वि. थारमारे ने.वि.संघको मा.वि. इकाई अध्यक्षबाट राजनीतिक यात्राको प्रारम्भ गरेको बताउँछन ।

 

उनी २०६५ सालमा नेपाल शिक्षक संघ सल्यानको जिल्ला सदस्य र २०६९ नेपाल शिक्षक संघ सल्यानको  कोषाध्यक्ष भएका थिए ।

त्यस्तै २०७३ सालमा नेपाल निजामति कर्मचारी युनियनको सचिव र  २०७५ सालमा  निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सल्यानका सचिव हुँदै अहिले २०७८ सल्यानबाट महाधिवेशन प्रतिनिधि भएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

डाँगी हाल ईलाका प्रशासन कार्यालय थारमारेमा कार्यालय प्रमुखको रुपमा कार्यरत छन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार