आश्विन ३ राेल्पा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिवेणी गाउँ कमिटीले भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको नाम जोडेर २०७७ साल भाद्र महिनाकाे ३१ गते दाङमा प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकमा त्रिवेणी गाउँपालिकाकाे विद्युत पाेल खरिद प्रकरणमा गाउँपालिका अध्यक्ष शान्त कुमार वली विवाद शिर्षकमा शिवु खनालले लेखेका थिय । उक्त प्रकाशित समाचार अतिरन्जित, कपोलकल्पित र भ्रामक भएको नेकपा त्रिवेणी गाउँ संगठन कमिटी अध्यक्ष निमप्रसाद रोकाद्वारा हस्ताक्षर जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ।

“सञ्चार माध्यममा आएको समाचार तथ्यपरक छ भने गाउँपालिका र गाउँपालिका अध्यक्षलाई कानुनी रुपमा कारवाहीको भागेदार हुनुपर्छ। तर, अन्यथा व्यक्तिको चरित्र हत्या गर्ने भ्रामक समाचार प्रकाशन गर्ने र समाचारको स्रोत दिने जो कोही व्यक्तिलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिवेणी गाउँपालिका संगठन कमिटी जोडदार माग गर्दछ”- रोकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

उक्त समाचारकाे गाउपालिकाले पनि यस अघि नै खण्डन गरिसकेकाे छ ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार