फागुन २१ राेल्पा – नेकपा (एमाले) राेल्पाकाे अध्यक्षमा पुन: बालाराम बुढा नै सर्वसम्मत चयन भएका छन।

शनिबार त्रिवेणी गाउँपालिकाकाे नुवागाउँ सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट बुढा अध्यक्ष सहित ८४ सदस्यीय जिल्ला कमिटी चयन भएको छ। जसकाे उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन भएकाे जिल्ला कमिटी सदस्य प्रदीप डाँगीले बताए।

यसअघि केन्द्रीय कमिटीकाे निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने गरि तयारी भएकै बेला पार्टीको काममा हिडेका तत्कालीन पार्टी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएपछि स्थगित गरिएको थियाे।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार