फागुन २१, सल्यान – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागचौर नगर कमिटीको प्रथम विस्तारित वैठक बागचौरमा सम्पन्न भएको छ ।

उक्त वैठकमा नेकपा माओवादी केन्द्र बागचौरले वडामा गरेका गतिविधिहरुको वडाध्यक्षद्वारा रिपोर्टिङ गरिएको थियो ।

साथै वैठकमा नेकपा माओवादी केन्द्रलाई बलियो बनाउन जनबर्गिय संगठनहरुका नगर स्तरिय भेला तथा सम्मेलनहरु सबैतिर तत्काल विस्तार गर्नको लागि मिति तय गरिएको र संगठन विभागका लागि वडा इन्चार्ज र सह-इन्चार्ज समेत तोकिएको नेकपा माओवादी केन्द्र बागचौर नगर अध्यक्ष शोभाराम भण्डारीले जानकारी दिएका छन । साथै उनले वैठकमा स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेर विभिन्न निर्यहरु गरेको पनि बताए ।

वैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समिति  संयोजक कृति ब. पुन, अतिथिहरु भिम प्रकाश शर्मा, प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर इन्चार्ज टिकाराम वली, प्रदेश कमिटी सदस्य रत्न ब. वली, ज्ञान ब. वली, लोकमान बुढाथोकी, सुम्निमा डि.सी. कमला वली लगायत नगर कमिटी सम्पुर्ण सदस्यहरुको उपस्थित रहेको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार