फागुन १९ सल्यान – जिल्लाका तिन विद्यालयमा एकै दिन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )काे संगठन विस्तार गरिएको छ।

बुधबार कपुरकोट गाउँपालिका वडा नम्बर -३ मा रहेको कालिका माध्यमिक विद्यालय कपुरकोट र वडा नम्बर -४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा संगठन विस्तार गरिएको छ ।

जस अन्तर्गत कालिका मा.वि मा प्रज्वल बुढा मगर को अध्यक्षतामा ९५ सदस्यीय एकाई कमिटी गठन भएको छ। उपाध्यक्षमा तिनजना पुष्पा थापा मगर, करण वली र ईन्द्र बुढा मगर रहेका छन। त्यसैगरि ज्ञानेन्द्र कंवर मगर सचिव, निर्मला बुढा मगर सहसचिव, चेतना डाँगी सहसचिव,निर्मला सिरिष मगर सहसचिव र पुष्पा बुढा मगर कोषाध्यक्षमा चयन भएका छन।

त्यस्तै उता वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा देबेन्द्र गिरीको अध्यक्षतामा १०१ सदस्यीय मा .वि एकाई कमिटी गठन गरिएको छ। जसकाे उपाध्यक्षमा द्वय मोतिकला बस्नेत र ज्योति बि.क रहेका छन। त्यसैगरि सन्तोष खड्का सचिव, सपना पुन मगर सहसचिव, विनोद रोका सहसचिव र मनिषा भन्डारी कोषाध्यक्षमा चयन भएका छन । त्यस्तै हिजो नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बागचौर नगरपालिका वडा नं ७ को श्री बालकन्या मा बि टाट्केमा जिल्ला उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य खड्ग खड्का र नगर अध्यक्ष तथा प्रदेश कमिटी सदस्य सपना ओलीकाे उपस्थितिमा दिलीप ओलिकाे अध्यक्षतमा ४५ सदस्यीय एकाई कमिटी गठन गरेको छ ।

कपुरकोट गाउँपालिकाको दुवै ठाउँमा भएको संगठन विस्तारमा बिषेश उपस्थिती अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष मोहन खड्का, नेकपा माओवादी केन्द्र कपुरकोट गाउँपालिका उपाध्यक्ष शेर बहादुर पुन मगर , नेकपा माओवादी केन्द्र कपुरकोट गाउँपालिका -२ नम्बर वडा अध्यक्ष तेज बहादुर थापा, सिरिष मगर , अनेरास्ववियु क्रान्तिकारी कपुरकोट गाउँपालिका उपाध्यक्ष युवराज राना मगर , कोषाध्यक्ष सरस्वती बि.क. रहेका थिए भने कार्यक्रमकाे सन्चालन अनेरास्ववियु क्रान्तिकारी जिल्ला सह-सचिव खड्ग थापा मगरले गरेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार