फागुन १७ काठमाडौं – संसदबाट एमसीसी पारित भइसके पनि सडकमामा भने विराेध प्रदर्शन जारी नै छ।
मंगलबार नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपा केन्द्रीय पार्टी कार्यालय बुद्धनगरमा बसेकाे संयुक्त बैठकले एमसीसी संसदबाट पास भएको फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकाे छ।
आगामी फागुन २० गतेबाट चैत ६ गतेसम्म ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसी विरुद्ध चरणबद्ध आन्दोलनकाे घाेषणा गरेका छन।
नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती नेतृत्वका प्रतिनिधिले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन।