फगुन १५ काठमाडौ – नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपा लगायत ६ राजनीतिक दल र दुई माेर्चाले भाेलि नेपाल बन्दकाे आह्वान गरेका छन।
आइतबार नेकपाकाे केन्द्रीय कार्यालय बुद्धनगरमा बसेकाे संयुक्त बैठकले एमसीसी विरुद्ध १५ गते बेलुका देशभर जुलुस प्रदर्शन गर्ने र १६ गते देशभर पुर्णरुपमा बन्द गर्ने निर्णय गरेका छन।
नेेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत र देशव्यापी रुपमा विरोध स्वरुप जन सङघर्ष गर्दा पनि देउवा सरकारले राष्ट्रघाती एमसीसी रातारात पारित गराउन खाेज्नु मुर्खता भएकाे ठहर गर्दै देशभक्त जनताकाे कर्तव्य पूरा गर्न र राष्ट्रिय रुपमा प्रतिवाद संचालन गर्नु परेकाे बैठक पछि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ।
नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती नेतृत्वका प्रतिनिधिले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन।