फागुन १५ काठमाडौ – एमसीसी सम्झौता आजकाे प्रतिनिधि सभाबाट अनुमाेदन गर्न सत्ता गठबन्धन सहमत भए संगै नयाँ बानेश्वर क्षेत्रमा विराेध प्रदर्शन सुरु भएको छ।
केन्द्रीय स्तरमा समेत विभिन्न दलका नेताहरुकाे धारणा फरकफरक भएसंगै एमसीसीको विरोध प्रदर्शनमा पनि विभिन्न राजनीतिक दलहरूका कार्यकर्ता सहभागी छन।
प्रदर्शनकारीबाट हुने सम्भावित झडपलाई रोक्न ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी करिब ११ बजेबाट नै तैनाथ गरिएको छ। अहिले बानेश्वर क्षेत्रमा राप्रपाका कार्यकर्ता बढी संख्यामा देखिन्छन यद्यपि यस्तो विराेध पहिले देखि नै निरन्तर भएपनि अहिले भइरहेको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरु पनि निकै कम रहेका छन।
प्रतिनिधि सभाकाे बैठक भने निर्धारित समय भन्दा ढिला सुरु हुने भएको छ। प्रतिनिधि सभा भन्दा पहिला मन्त्रीपरिषद्काे बैठक बस्ने भएपछि केही ढिला हुने भएको हाे। शुक्रबार आज १ बजेका लागि बैठक बाेलाइएकाे थियाे।