फागुन १५ काठमाडौ – आज बस्ने प्रतिनिधि सभा बैठकबाट एासीसी सम्झौता पारित गर्न सत्ता गठबन्धन दलहरु सहमत भएका छन।
यसअघि बसेकाे नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गर्ने पार्टीको आधिकारिक धारणा बनाए संगै गठबन्धनमा एकीकृत समाजवादीकाे आधिकारिक धारणा बाहेक अन्य दल सहमति भएको र समाजवादीकाे आधिकारिक धारणा बनाउन अध्यक्ष माधव नेपालले छलफल गरिरहेकाे जनाइएको छ।
बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठकले संसदबाट आजै एमसीसी सम्झौता अनुमाेदन गर्ने गरि तयारी थालेकाे छ। एमसीसी सम्झौता संसदमा अनुमाेदनकाे लागि एमाले गुहारेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले विगतका मागमै अडान कायमै राखेपछि यसअघि यहि सम्झौताकाे लागि बाेलाइएकाे प्रतिनिधि सभाकाे बैठक दुई पटक स्थगित भइसकेको छ।
शनिबार बसेकाे समाजवादीको आकस्मिक बसेका बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको गरेपनि आधिकारिक निर्णय सार्वजनिक नगरेकाे भन्दै बालुवाटारमा भइरहेको सत्ता गठबन्धनको बैठकबाट पार्टीको धारणा बनाउन पार्टी सचिवालयकाे बैठक बाेलाए हुदा अध्यक्ष नेपाल बाहिरिएका छन।
एमसीसी अनुमाेदनकाे लागि गठबन्धनले सहमति जुटाएकाे व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद बैठक बसि मन्त्रीपरिषदबाट पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेकाे सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।