फागुन १४, सल्यान – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागचौर नगर कमिटीको आयोजनामा २७ औं बलिदान दिवसको अवसरमा सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बागचौरस्थित सहिद खिम ब. डि.सी., हेमराज के.सी. र धन ब.थापाको सालिकमा टीका तथा माल्यार्पण गरि बागचौर नगरपालिकाभित्रका ४७ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एव सहिद गणेश शर्माकी श्रीमती टीका बुढाथोकीले २०५२ सालमा भएको जनयुद्धलाई स्मरण गर्दै त्यही क्रान्तिले नै देशमा आमूल परिवर्तन ल्याएको बताएकी छिन । देश बचाउनका लागि आझै पनि आफुहरुको क्रान्ति निरन्तर भएको र सहिदका सपना पूरा गर्न सबै ठाउँबाट सबै लाग्न पनि आग्रह गरेकी छिन । उनले सहिद, बेपत्ता एवम् घाईते योद्वाका घरपिरवारमा कहि कतै अन्याय परेमा पार्टी मार्फत कुरा राख्न पनि अनुरोध गरेकी छिन ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता भिमप्रकाश शर्माले यो कार्यक्रमले बेपत्ता, घाईते तथा सहिदहरुका परिवारलाई भेटने र सुख दुखका कुरा साट्ने अवसर जुराएको बताए । उनले प्रतिपक्षलाई हराउन थुप्रै सहिदहरुले रगत बगाएको कुरा हामीले गौरव गर्न सकेनौ भने आफुहरु बर्बादीतिर ढकलिने समेत बताएका छन । अहिले देशलाई बेच्नका लागि एमसिसि पास गर्न लागेको कुरा राख्दै देशका निमित्त आफ्नो पार्टीको नेतृत्व मार्फत आझै पनि क्रान्ति गर्नुपरे पटकपटक बलिदान गर्न तयार हुने समेत बताए ।
यस्तै नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले सहिद परिवारले आफ्ना श्रीमान, छोरा, आफन्त गुमाउनुको पीडा पार्टीले कहिले भुल्न नहुने बताएका छन । उनले आफु सरकारमा भएपछि सहिदहरुका सपना पूरा गर्ने बाचा गरेअनुसार सक्ने जति काम गरेको समेत बताए । गर्न नसकिएता पनि अब गर्ने बताए । जुन लक्ष्य र उद्देश्यले सरकारमा आईयो त्यो अनुसार सहिद र बेपत्ता परिवारका लागि गर्न नसेपनि सहिद तथा बेपत्ता परिवारलाई हालसम्म एकपटक भ्रमण तथा सम्मान कार्यक्रम गरिरहेको र सिपमुलक कार्यक्रममा पनि जोड दिने प्रतिवद्वता गरेका छन ।
नेकपा एकीकृत सामाजवादी केन्द्रीय परिषद सदस्य ज्ञानेश्वर केसीले पार्टीले बोकेका नीति नियम विचारलाई आत्मसात गरि देश र जनताको आमूल परिवर्तनका लागि आफ्नो ज्यानको बलिदान दिने सहिद तथा बेपत्ता योद्वाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले सहिद परिवारको आत्मसन्तुष्टिका लागि रचनात्मक एवम् गुरुयोजना गराएर नेकपा माओवादी केन्द्रले स्थानीय सरकार होस या प्रदेश सरकारसँग समन्वय गरि सहिद परिवारका लागि विभिन्न कार्यक्रम  चलाउन अनुरोध समेेत गरेका छन ।
त्यस्तै सहिद नोखिराम वलीकि श्रीमती शशिला वलीले आफ्ना भनाइहरु राख्दै पार्टीले अहिलेसम्म नहारेको र पछिसम्म पनि आफ्ना छोरा चेलाहरुलाई यस्तै सम्मानका कार्यक्रमहरु गरोस भनि सहिदले बगाएको रगतलाई पार्टीले नभुल्दिन आग्रह गरेकी छिन ।
यस्तै बेपत्ता योद्धा पोखरराज बुढाथोकीका बुबा घमण्ड बहादुर बुढाथोकीले २०५८ चैत २७ गते राज्यले विपता बनाएको छोराको सरकारले अहिलेसम्म खोजी नगर्दिएकोमा दुख व्यक्त गरेका छन । उनले सरकारले बेपत्ता पारिएको अहिलेसम्म सार्वजनिक नगरेकोले आझै पनि छोरा आउँछ कि भनेर आशा लाग्छ भन्दै छोरा मारिएकै भएनि सरकारले सार्वजनिक गर्दिन आग्रह गरेका छन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक कृति बहादुर पुन, बागचौर नगर ईन्चार्ज एवम् कर्णाली प्रदेश सदस्य टिकाराम वली, सुम्निमा डि.सी., जिल्ला समन्वय समिति सदस्य सेतीराम वली, हरिलाल डि.सी., टंक शर्मा लगायतका सहिद तथा बेपत्ता परिवारका आफन्तहरु साथै पत्रकारहरुको अतिथिहरुको उपस्थिति रहेको थियो ।
सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रममा अन्य पार्टी परित्याग गरि आउने नेकपा एमाले वडा नं. ८ कि वडासदस्य सीता केसी र राप्रपा पार्टीको वडासदस्य कृष्ण परियार नेकपा माओवादी केन्द्रमा स्वागत समेत गरिएको थियो ।
नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रोमु शाहीले राखेका थिए भने कार्यक्रमको सहजीकरण सह-सचिव मदन बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार