फागुन ९ राेल्पा – टिप्पर दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन।

दाङबाट ईट्टा लिएर राेल्पाकाे लुङग्री गाउँपालिका -२ सिर्प जादै गरेकाे लु १ ख १७८७ नम्बरको टिप्पर लुङग्री गाउँपालिका -४ जलुके भन्ने स्थानमा दुर्घटना हुदा साेहि गाउँपालिका -२ सिर्प बस्ने ३७ वर्षिय अमृत बहादुर वलीकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

दुर्घटनामा परि घाइते भएका टिप्पर चालक दाङकाे राप्ती गाउँपालिका -३ का ४३ वर्षिय दिपक केसीकाे लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

टिप्पर आइतबार राति करिब १० बजेरतिर दुर्घटनामा परेकाे र सडकबाट अन्दाजी १५० तल खसेकाे थिया। घटनाकाे जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी र स्थानियले दुवै जनाकाे उद्दार गरेकाे प्रहरी नायव उपरीक्षक घिमिरेले बताए। याे संगै राेल्पामा आइतबार मात्रै  सडक दुर्घटनामा परि दुईजनाले ज्यान गुमाएका छन। आइतबार बिहान बाेलेराे पिकअपले ७७ वर्षिय वृद्धलाई ठक्कर दिदा उनकाे मृत्यु भएको थियाे। राेल्पाकाे सुलिचौरमा पिकअपकाे ठक्करबाट एक जनाकाे मृत्यु

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार